१६ पुष २०७४, आईतवार

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका(१३ दुर्गापुर डङ्ग्राहाका तीन जना महिलालाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

उनीहरुलाई नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै गाउँकै मोहम्मद आलम मिया, जाहिर मिया र उनका छोरा कलिमले बाँसको हरियो लठ्ठीले स्थानीय संजिला खातुन, मकिना खातुन र खैरुल खातुनलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

कुटाईबाट मकिनाको शरिरको विभिन्न भागमा ठूलठूला निलडाम लागेको छ । उनको शरिरको पछिल्लो भागको तल खुट्टादेखि गर्धनसम्म ठूलठूला निलडाम बस्नेगरी सार्वजनिक ठाउँका कुटपिट भएको हो । खैरुलको पनि शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरु दुवैजनाको गोलबजार ४ स्थित आकाशगंगा पोली क्लिनिकमा उपचार भइरहेको छ ।

क्लिनिकका डा. दिपेन्द्र यादवले मकिनाको शरीरको सवैभागमा गम्भिर चोट लागेको जानकारी गराए । उनले भने , ‘उहाँहरुको शरिरको कुनै ठाउँनै बाँकी छैन, गहिरो चोट पर्नेगरी कुटपिट भएको छ, शारिरीक रुपले पनि बलियो भएकोले महिला बचेका हुन् ।’

घरमै नुहाईरहेको बेला १२ र १५ दिन पहिला छिमेकी संजिला खातुनले मकिना र खैरुल खातुनको मोवाइलले फोटो खिचेर इमोमा हालेको मकिनाले बताए ।
मकिनाले भने, ‘म घरकै चापा कलमा नुहाई रहेको थिएँ, त्यहिवेला खैरुल पनि आएर नुहाउन थाली ।

हामी दुवैजना नुहाएको ठाउँमा संजिला पनि नुहाउन आइ । त्यही वेला उनले मोवाइल चलाई रहेकी थिई, मैले हामी नुहाई रहेका छौं, फोटो नखिच भनेको थिएँ । उनले पनि खिचदिन भनेपनि फोटो खिचेको रहेछ, त्यही फोटो इमोमा लगाएछ ।’

त्यही फोटो गाउँलेले इन्टरनेटमा देखेपछि संजिला र खैरुललाई जाहिर मियाले आफ्नै घरमा थुनेर छोरा कलिमलाई कुटपीट गर्न लगाएको स्थानीय साहिदा खातुनले बताए ।

त्यही दिन वेलुका छलफल गर्नुछ भन्दै मकिनालाई पनि बोलाएर आलम र जाहिरले मरणासन्न हुनेगरी कुटपीट गरेको साहिदाले बताइन् ।
इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV