१६ पुष २०७४, आईतवार
  • तारा आचार्य,

मोरङ । विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउन माग राख्दैै विराटनगरमा बृहत ¥याली निकालिएको छ ।

आइतबार विराटनगरमा विराटनगर महानगरपालिका, उद्योगी ,ब्यापारी, ब्यावसायीहरु ,अविभावक संघ विराटनगर लगायत विभिन्न संघसंस्था साथै स्थानीयहरुको उपस्थितिमा बृहत ¥याली निकालिएको हो ।

प्रदेशको राजधानीका लागि सवै पुर्वाधार सम्पन्न भएका कारण विराटनगरनै राजधानी हुनु पर्ने भन्दै ¥यालीका सहभागीहरुले विराटनगर राजधानी घोषणा गर, औधोगिक नगर विराटनगर, विराटनगर सम्पूर्ण पुर्वाधार जस्ता नारा समेत लगाएका थिए ।

विराटनगर महानगरपालिका स्थित रंगशालाबाट निस्किएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा समेत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV