१६ पुष २०७४, आईतवार

हरिसजंङ  क्षेत्री 

काठमाडौं ।  युवा स्टार नायक अनमोल केसी अभिनित यस बर्ष कै बहुप्रतिक्षित मानिएको चलचित्र ‘कृ’ को पहिलो गित येति येति पानी गंगारानीु को भिडियो सार्वजनिक भएको छ ।
गितमा अनमोल केसीलाई दर्जनौं युवायुवतीहरु बिच नाच्दै कम्मर भाच्दै र्याप हानी रहेको गितको कलात्मक भिडियोमा देख्न सकिन्छ ।
‘कृ’  को येति येति पानी गंगारानीु बोलको गितलाई अहिलेका चर्चित युवा र्‍यापर राजेन्द्र भट्ट मिस्टर आरजेले शब्द लेखेका हुन भने संगीत पनि आरजेकै रहेको छ ।
गायक तथा संगीतकार अल्मोडा राना उप्रेती गितलाई एरेन्ज गरेका हुन भने गित मिक्सिङ्ग उज्वल श्रेयन महत र रेकर्डिङ रन्जित बल्लभ उप्रेतीले गरेका हुन ।
गितमा अल्मोडा राना उप्रेतीको उत्कृष्ट स्वर रहेको छ भने गितमा राजेन्द्र भट्ट मिस्टर आरजेको दमदार र्‍याप रहेको छ ।
मिस्टर आरजेले आफ्ना शब्द मार्फत गितमा बालापनको भोगाईलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छ्न ।

गतबर्ष हिट चलचित्र ड्रिम्सु बाट चकलेटी नायकको छबि बनाएका युवा चर्चित नायक अनमोल केसीलाई उनको नयाँ चलचित्र ‘कृ’ मार्फत फेरि कतिको आफ्नो स्ट्याड्म जोगाउन सक्ने हुन त्यो माघ २६ गते पछि थाहा हुने नै छ ।
बहुप्रतिक्षित चलचित्र ‘कृ’ मा अनमोल दोहोरो चरित्रमा देखिएका छन् ।

केहि दिन अगाडी सार्वजनिक भएको ट्रेलरमा अनमोललाई एउटा चरीत्र लामो कपाल पालेका एकदम रिसाहा, सन्काहा र आकर्षक शरीर भएको युवाको अवतारमा देखिएका छन् , भने आर्को चकलेटी एवम् रोमान्टिक अवतारमा देखिएका छन् ।
अनमोलले चलचित्रमा डेब्यु नायिका अदिती बुढाथोकी संग रोमान्स गरेको देखाईएको छ ।
चलचित्रलाई चर्चित सिनेमेट्रोग्राफी पुरुषोत्तम प्रधानले खिचेको हुन भने अहिलेका चर्चित द्वन्द्व निर्देशक चन्द्र पन्तले चलचित्रमा उत्कृष्ट एक्सन दिएका छ्न । नृत्य निर्देशन रेनशा बान्तवा राईले गरेका हुन ।

कमल गिरी कार्यकारी निर्माता रहेको ‘कृ’ चलचित्रलाई द सुपर काजोल फिल्मसको प्रस्तुतिमा, सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्र कृ का निर्माता भूवन केसी र सुबास गिरि हुन, भने चलचित्रका सह निर्माता श्री पराजुली हुन् ।
चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेको हुन । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका नयाँ पुराना चर्चित कलाकारहरुको दमदार अभिनय रहेको छ । यो चलचित्र माघ २६ गते बाट देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV