१६ पुष २०७४, आईतवार

प्रजनन स्वास्थ्यको सम्पूर्ण अधिकार महिलालाई नै पाउनुपर्ने माग एक कार्यक्रमका सहभागीहरुले गरेका छन् ।

विराटनगरमा आयोजित महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि एक कार्यक्रमका सहभागीहरुले प्रजनन सम्बन्धि अधिकार नपाएका कारण पनि महिलाहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्दै गएको टिप्पणी गरेका थिए ।

महिलाकोे प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रिया पुरुषको भन्दा फरक रहेकाले प्रजनन अधिकार महिलाको विशेषाधिकार भएको बताउदै उनीहरुले सुुरक्षित मातृत्व, परिवार नियोजन तथा यौन रोग बारे स्वयं महिलाहरु नै बढी संवेदनशिल बन्नु पर्ने धारणा कार्यक्रममा सहभागीहरुको थियो ।

महिलाहरुले प्रजनन स्वास्थ्यको अधिकार नपाए मातृ मृत्यु दर बढ्ने मात्र नभई उनीहरु शारीरिक र मानसिक रुपमा समेत रोगी बन्ने धारणा पनि उनीहरुको थियो । कार्यक्रममा अहिले पनि सबै भन्दा बढी महिलाहरुले नै गर्भनिरोधकको सामग्री प्रयोग गरिरहेको जानकारी दिइएको थियो ।

अन्तक्र्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलसंग आबद्ध महिला संघका प्रतिनिधिहरु, कानुन व्यवसायी, स्वास्थ्य संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV