१६ पुष २०७४, आईतवार
  • सरिना मरासिनी,

रुपन्देही । भारतको राजधानी नँया दिल्लीमा सम्पन्न तेस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पियनशीप प्रतियोगितामा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता हात पारेका छन् । प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरेको जापान गोजुरीयो कराते डो मिशन संघका २१ खेलाडीहरु सबैले पदक जित्न सफल भए ।

नेपाली टोलीले १६ स्वर्ण सहित ४ रजत र १ काश्य पदक जितेर नेपाली टिम च्याम्पियन समेत बनेको छ । जापान गोजुरियो कराते डो मिशन संघका अध्यक्ष एबं संस्थापक केबि रानाले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हातपारेको जनाउनु भयो ।

स्वर्ण पदक बिजेता खेलाडीहरुमा साहिल गुरुंग, प्रशान्त थापा, प्रशुन शाही, डिब्बिन गुरुंग, रिजन पाण्डे, एलिशा घिमिरे, शिबम बस्नेत,रोशन राना, सुमन परीयार, शिबानी बस्नेत, शुष्मा पाण्डे,बिपना जिएम, मेखबहादुर जिएम, बिपिन राना, राजकुमार हरिजन र सञ्जय चौधरी रहेका छन् ।

त्यस्तै गरी रजत पदक बिजेता खेलाडीमा प्रियन्का थापा, क्रितिमा गौतम, कनिश्क राना, र दिल बहादुर बुढाथोकी छन् भने रुपा रानाले काश्य पदक प्राप्त गरेको टिम ब्यबस्थापक तथा जापान गोजुरीयो कराते डु मिशन संघका सचिब गिरी प्रसाद पुनले बताउनु भयो ।

नेपाली खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षण शिबिरमा तालिम दिईएको र बिगतका प्रतियोगिताहरुमा पनि भारतमा उत्कृष्ट नतिजा ल्याएका अनुभवी खेलाडी टीममा रहेकाले प्रतियोगितामा राम्रो नतिजा ल्याएको टिम संयोजक तथा जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगरले बताउनु भयो ।

मार्शल आर्टस स्कुल एशोसियसन अफ ईन्डियाको आयोजनामा भएको प्रतियोगितामा भारतीय टिम दोश्रो स्थान र श्रीलंकाको टिम तेश्रो स्थानमा रहे । दिल्लीस्थित तालकटोरा ईन्डोर स्टेडियममा सम्पन्न प्रतियोगितामा नेपाल सहित आयोजक भारत सहित श्रीलंका, भुटान, बंगलादेश र माल्द्धिभ्सका गरी २ सय बढी खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV