१६ पुष २०७४, आईतवार

काठमाडौं। कांग्रस सभापति शेरबहादुर देउवाले चुनाव हारेका प्रभावशाली तथा शीर्ष नेताहरूलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेका छन् । प्रदेश र प्रतिनिधि सभामा नराम्रोसँग पराजित भएका नेताहरूलाई राष्ट्रिय सभामा ल्याउनका लागि नेपाली कांग्रेसभित्र लविङ सुरु भएपछि केही नेताहरूले असन्तुष्टि नै पोख्न थालेका छन् ।

स्रोतका अनुसार चुनाव हारेका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा। रामशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक, एन।पी। साउद, डा।शेखर कोइराला, चन्द्र भण्डारी, डा। प्रकाशशरण महत, डा। आरजु राणा देउवा, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, फर्मुल्ला मन्सुर र दीपकुमार उपाध्यायलाई राष्ट्रिय सभामा लैजानेबारे लविङ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV