१६ पुष २०७४, आईतवार

काठमाडौं। विभिन्न पत्रिकामा यौन शक्ति बढाउने विज्ञापन छपाएर ठगी गरेको आरोपमा १५ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यौन शक्ति बढाउने तथा विभिन्न समस्याको समाधान गर्ने भन्दै विभिन्न कम्पनी तथा व्यक्तिले पत्रिकामै विज्ञापन गरी ठगी धन्दा मौलाएपछि प्रहरीले त्यसलाई रोकथाम गर्न अप्रेशन नै चलाएको छ ।

ठगी गरेको अभियोगमा हर्बल शप कोटेश्वरका सञ्चालक भोजपुरका सूर्यबहादुर रायमाझी, ग्लोवल टीभी प्रोडक्टका सञ्चालक काभ्रेका कुमार भारती, टेलीवान सञ्जिवनीका सञ्चालक लमजुङका बाबुराम ढकाल, ग्लोबल टेलीसपका सञ्चालक यादवराज भोगे, टेली सेन्टरका सञ्चालक काभ्रे पाँचखालका विपिन बोलखे, नेचुरल टेलीसपका सञ्चालक रविन खड्कालगायत १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ब्यूरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV