१६ पुष २०७४, आईतवार

‘चपली हाईट २’ बाट डेब्यु गरेका नायक आयुषमान देसराज जोशीलाई सामाजिक सञ्जाल ईन्स्टाग्राममा एक आईडीबाट उनको सेक्स च्याट सार्वजनिक गर्ने धम्की दिएका छन् ।

देसराजको एकाउन्ट ह्याक मात्र हैन, ह्याक भएको ३ दिन नहुदै सेक्स च्याट सार्बजनिक गर्दिने धम्की आएको छ । ईन्टाग्रामकै एक अपरिचित आईडिबाट उनलाई ‘‘अबको केही समयमै तिम्रो सबै सेक्स च्याट सार्वजनिक गरिदिनेछु ।’ भनेर लेखिएको छ ।

उनको ईन्टाग्राम एकाउन्टको सम्पुर्ण डाटा हरु अर्कैको हातमा परेको छ । इन्स्टा ह्याक पछि जोशिको ईन्टाग्राम आईडी नाम पनि परिवर्तन गरेर बलिउड नायिकाको नाम ‘क्याट्रीना कैफ’ राखिएको छ ।

अहिलेकी ब्यस्त नायीका प्रीयंका कार्की संग खुलेर प्रेममा जमेका जोशीका इन्स्टा ह्याक पछी उनका केही युवती फ्यानहरु भड्किएको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV