१६ पुष २०७४, आईतवार

काठमाडौँ : ईश्वरप्रति आश्था राख्नेहरुको यो एउटा थलो हो । संगै पछिल्लो समय घुमघाम र विश्रामको स्थलपनि बनेको छ पशुपतिनाथ मन्दिर परिसर ।

देखिएको र सुनेजस्तो छैन पशुपति । यहाँको दैनिकी र यथार्थ विलकुल फरक छ । यो मन्दिर परिसरमा के कस्ता क्रियाकलाप हुन्छन् होला ? अनुमान लगाउन गाह्रो छ । तर हामीले एउटा त्यस्तो डरलाग्दो तथ्य फेला पा¥यौँ । । जो पशुपतिनाथ क्षेत्र भित्र मौलाइरहेको छ । गौशाला चोक नजिकै संगै रहेको छ महानगरीय प्रहरी बृत्त गौशाला ।

   गौशालाबाट एअरपोर्ट जाने बाटोमा ओरालो झर्दै गर्दा पशुपतिको विद्युतीय शवदाह गृह नपुग्दै एउटा चोक आउँछ । चोकबाट पशुपति लाग्ने बाटोतिर फुटपाथमा ब्यापार ब्यबशाय संचालन गर्नेहरु प्रशस्तै भेटिन्छन् । कोही फलफुल बेचिरहेका छन् कोही बदाम, पानीपुरी, चटपटे, पानी र चिया पनि बेचिरहेका हुन्छन् । यो परिवेशभित्र हामी केही अनौठा दृष्यहरु देख्छौँ । यसमध्ये एक गाढामा एक युवक चिया पराग सुर्ती, पानी लगायतका समाग्रीहरु बेचिरहेका जस्ता देखिन्छन् । संगै अर्का युवकपनि यहाँ छन् । तर यीनीहरुका केही गतिविधि निकै शंकास्पद जस्ता देखिन्छन् ।
केही ब्यक्तिहरु आउँछन् र यी युवकहरुबाट लुकाइछिपाइ केही लगेजस्तो देखिन्छन् । यो दृष्य हेरिहँदा यीनीहरुले लागुऔषधको रुपमा गाँजा बेचेको दृश्य हाम्रो क्यामेराले कैद ग¥यो ।

हामी केही क्षणमै उनीहरु भए नजिक गयौँ र केही किनेजस्तो बाहाना गरेर सोध्यौँ । हरियो माल पाइन्छ ? सोध्ने वित्तिकै यी युवकले बुझिहाले संगै रहेको अर्का युवकलाई देखाउँदै भने । माल चाहियो रे । त्यसपछि अर्का युवक नजिक गयौँ र भन्यौँ । उनले एक प्याकेटको १५० पचास रुपैयाँ पर्ने बताए । ती युवकले अहिले पुलिस छ केहीवरे पछि भन्ने जवाफ दिए ।

केहीबेरमा नजिकै बसिरहेका प्रहरी पनि आए र तिनीहरुसंग चिनेजानेको रुपमा केही गफ गरे । उनीहरुले गाढा मुनी गाँजाको थैलो राखेका थिए । तर ती प्रहरीले केही वास्ता नै गरेनन् । र प्रहरी त्यहाँबाट गए । गाँजा लिने प्रतिक्षा गर्दै पुन यी युवकलाई हामीले अरु ड्रग्सहरु पाइँदैन भनेर सोध्यौँ । उनले अन्य लागुऔषध ट्याबहरु चाहिएको भए म मगाइदिन्छु भने ।र उनले भनेअनुसार हामीले ३०० रुपैयाँमा २ प्याक गाँजा किन्यौँ । उनले गाढाको मुनी राखेको बोराबाट झिकेर हामीलाई यसरी गाँजा दिए ।र साथीहरु अहिले नभएकोले भी कोरेक्स लगायतका लागु औषध अर्कोदिन मगाइदिने विश्वास दिलाए । हामीले सोध्यौँ । समान किन्न बेच्न गाह्रो छैन ? अहिले प्रहरीले कडाइ गरेको छ गाह्रो छ काम गर्न भन्दै उनले थपे ।

यो उनको भनाई अनुसार डरलाग्दो तथ्य बाहिर आयो । कि लागु औषधको ब्यापार गर्न गौशाला प्रहरीकै संरक्षण रहेछ । र प्रहरीलाई पैसा तिरेपछि निर्धक्क लागुऔषध किनबेच गर्न पाइने रहेछ ।पैसा गौसाला प्रहरीलाई मात्र होइन गस्तीका प्रहरी, सिभिल डेसकालाई, काठमाडौँ प्रहरी परिसर टेकु, लागुऔषध अनुसन्धान ब्युरो सबैलाई बुझाउनुपर्र्ने रहेछ ।

अहिले गौशला प्रहरीले हप्ताको ५, ६ हजार मागेको रहेछ र सो रकम नदिँदा काम गर्न गाह्रो परिरहेको उनले बताए । र पहिला गौशला बृत्तमा रहेका डिएसपीलाई दिनको ५ सय दिएपछि हुने रहस्य पनि उनले खोले । र हामी यसदिन फर्कियौँ । र, हाम्रो अप्रेशन अझै सकिएको थिए र फेरि दोस्रो दिन लाग्यो पशुपति नाथ परिसर तर्फ । अघिल्लो दिन सहमती भए अनुसार हामी पुन अन्य लागुऔषध किन्नेगरी पशुपतिनाथ मन्दिर परिसर पुग्यौँ । र यी युवकलाई भेट्यौँ । उनले साथीलाई फोन गरेर नाइट्रोसन, नाइट्रोभ्याट, कोरेक्स, टिटि जे भएपनि ल्याइज भनेर भने । उनीहरुको केही समूहले मिलाइदिन्छौँ भन्दै साथीलाई फोन हाने । तर साथीले राती ६, ७ बजेतिर मिल्छ भनेपछि हामी आफुहरुलाई असुरक्षित ठानी फर्कियौँ । अन्तिममा यो समूहले रातोपुलमा रहेको एक फार्मेसीबाट ट्रमा नामको पेनकिलरलाई लागुऔषधको रुपमा प्रयोग गर्ने तरिका बताइदिए र उनीहरु पशुपतिपरिसरतिरै लागे ।

र, यी सब संकलन गरिएका लागू औषधको सामाग्रीहरु हामीले एक एक गर्दै गौशाला र पशुपति क्षेत्र आसपासबाट खरिद गरेका हौं ।

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिरको कोर क्षेत्रभित्रै यसरी गाँजा, नाइट्रोसन, नाइट्रोभ्याट, कोरेक्स, टिटि लगायतका लागु औषधको प्रयोग गर्ने र ब्यापार खुलेआम भइरहेको देख्न सकिन्छ । र,पशुपति नाथ परिसर वाहिर खुलेआम लागू औषधको धन्दा चलिरहेको तथ्यलाई यसले पुष्टी गरेको छ ।

प्रहरी प्रशासन र क्षेत्र विकास कोष मुखदर्शक
पशुपति क्षेत्र परिसर लागुऔषधको प्रयोग र कारोबारको अखडा बनिरहँदा पशुपति क्षेत्र विकास कोष र संगै रहेको महानगरीय प्रहरी बृत गौशाला भने मुकदर्शक जस्तै बनेका छन् ।

केही हदसम्म पशुपति क्षेत्र विकास कोषले अहिले पशुपतिलाई शुद्ध धार्मीक स्थलका रुपमा मात्रै प्रयोग गर्न पाउने स्थलका रुपमा कार्य अगाडी बढाएको देखिन्छ । र अहिले पशुपतिको मृगस्थली र सुर्यघाटमा लागुऔषध कारोबारी र प्रयोगकर्ताहरुको आवागमन केही आएको दावी उसले गरे पनि विद्युतीय शवदाह गृह आसपासको क्षेत्र र गौशाला प्रहरी बृत्त पछाडीको जंगललाई यस्ता ब्यक्तिहरुले अखडा बनाइरहेकै छन् र यसलाई स्वीकार गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदिप ढकाल भन्छन् ।

अहिले प्रहरी बृत्त गौशालामा कार्यालय प्रमुखका रुपमा डिएसपी अनुपम श्रेष्ठ आएका छन् । यस अघि कार्यकालमा रहेका डिएसपी रहँदा डिएसपीले नै पैसा खान्थे र खुलमखुल रुपमा कारोबारी र प्रयोगकर्तालाई उल्टै संरक्षण दिएको कुरा कारोबारीले नै स्वीकार गरिसकेका छन् ।अहिले डिएसपी अनुपम श्रेष्ठ आएपछि कारोबारीहरु डराएका छन् । र उनीहरुले हामीलाई प्रत्यक्ष भनेका छन् । तर गस्तीमा खटिएका प्रहरीले अहिले हप्ताको ५, ६ हजार मागेको कारोबारीहरु बताउँछन् ।हामीले त्यही दृष्य पनि देख्यौँ । कि कारोबारीसंगै प्रहरीहरु नजिक छन् । कारोबारीहरु फुटपाथे पसलको मुनी गाँजाको बोरा राखेर बेचिरहेका थिए र प्रहरी चाहीँ उनीहरुसंगै कुराकानी गरिरहेका ।

प्रहरीले यसलाई नियन्त्रण गर्ने काम गरिरहेको डिएसपी अनुपम श्रेष्ठले बताए । अनी यहि अभियानमा पशुपति क्षेत्र विकास कोष पनि लागि परेको भनाइ छ । तर कारोबारी र प्रयोगकर्ताले पशुपतिकै अन्य क्षेत्रहरुलाई अखडाको रुपमा प्रयोग गरिरहेको बास्तविकता भने छर्लङ्गै छ ।
कारोबारी र प्रयोगकर्ताको विभिन्न सञ्जाल छ, पशुपतिमा । कोही साधु सन्तको रुपमा गाँजा लगायतका लागु औषधको प्रयोग र कारोबार गरिरहेका हुन्छन् । त कोही चाँही युवाहरु जो कडा खालका लागु औषधको लतमा फसेका छन् । खाने ठाउँ र बेचविखनको अखडा समेत पशुपति क्षेत्र बन्दै गएको छ । पशुपतिको परिवेश र माहोल नै लागुऔषधको प्रयोग र ब्यापारमय बनाइरहेको छ ।

पशुपति क्षेत्रका २ सरोकारवाला पशुपति विकास कोष र गौशाला प्रहरी बृत्तका प्रमुखहरुले बताए जस्तै केही समयमा पशुपतिलाई लागुऔषध प्रयोग र कारोबार मुक्त क्षेत्र बनाउने प्रतिबद्धता गरेका छन् । तर व्यवहारमा लागू हुन सकिरहेको देखिदैन । साना ठूला लागू औषधका प्रयोगकर्ताको खुलेआम जगजगी छ तर पनि पशुपति क्षेत्र विकास कोष र प्रहरी दुवै मुख दर्शक बन्दा यस्ता कारोवारीहरु झनै उत्साहित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV