१६ पुष २०७४, आईतवार

काठमाडौँ। जारी इटालियन सिरी ए पाउलो डिबालाले पाँच मिनेटमै दुई गोल गरेका छन् । शनिबार राति अवे मैदानमा भएको खेलमा युभेन्टसले वेरोनालाई ३–१ ले हरायो ।

छटौँ मिनेटमा ब्लेज माट्युडीले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको वेरोनाका लागि ५९ औँ मिनेटमा मार्टिन कासरेसले बराबरी गोल फर्काए ।

तर त्यसपछि युभेन्टसका लागि डिबालाले दुई गोल गरे । ७२ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै युभेन्टसलाई फेरि अग्रता दिलाएका डिबालले त्यसको पाँच मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को जित दिलाए । जितपछि दोस्रो स्थानको युभेन्टसको १९ खेलबाट ४७ अंक भएको छ ।

शुक्रबार राति भएको खेलमा क्रोतोनेलाई १–० ले हराएको शीर्ष स्थानको नापोलीको ४८ अंक छ । शनिबार राति भएका अरु खेलमा इन्टर मिलान लाजिओसँग गोलरहित तथा रोमा सासुओलोसँग १–१ को बराबरीमा रोकियो । यस्तै एसी मिलान पनि फियोरेन्टिनासँग १–१ को बराबरीमै रोकिएर अंक बाँड्न बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV