१६ पुष २०७४, आईतवार

इरान,पुस १५ । इरानमा गएको तीन दिनदेखि सुरु भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । सरकारको नीति र मूल्य वृद्धिको विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सरकारले गोली चलाउँदा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मूल्य वृद्धि तथा जीवनस्तर खस्किएको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिँदै हिंसात्मक भएको हो । सामाजिक सञ्जालमा जारी गरिएको भिडियोमा दुईजना प्रदर्शनकारीको ज्यान गएको दाबी गरिएको छ । दोरुद शहरमा भएको प्रदर्शनको क्रममा गोली लागेर उनीहरुको ज्यान गएको हो ।

मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो । इरानमा यस्तो किसिमको सरकार विरोधी प्रदर्शन निकै कम हुने भएकाले सरकार चिन्तामा रहेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV