१६ पुष २०७४, आईतवार

नेपालगन्ज । पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनले वर्तमान राजनीतिक अवस्था र राप्रपाको रणनीतिका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको राप्रपा स्रोतले जनाएको छ।‘पूर्वराजा र यहाँ हुँदा म नआउने भन्ने होइन, म आफ्नो कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएको हुँ’, राप्रपा अध्यक्ष थापाले भने, ‘म आउँदा पूर्वराजा समेत भएकाले भेट गर्न गएको हुँ ।

पूर्वराजासँग वर्तमान राजनीतिक अवस्था र राप्रपाले निर्वाचनबाट बेहोरेको हारपछि अगाडि बढाउने नयाँ रणनीनितिबारे छलफल भएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV