१६ पुष २०७४, आईतवार

एजेन्सी । प्रिमियर लिगको लिभरपुलले लेस्टर सिटीलाई २(१ ले हराएको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाहले दुई गोल गरे ।

खेलको तेस्रो मिनेटमै लेस्टर सिटीका जेमि भार्डिले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको खेलको ५२ औं तथा ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

यी गोल सालाहको प्रिमियर लिगको १६ औं र १७ औं गोल पनि थिए । यस जितसँगै लिभरपुल तालिकाको चौथो स्थानमा यथावत् छ भने लेस्टर पनि आठौं स्थानमा यथावत् रहेको छ ।

त्यस्तै साविक विजेता चेल्सीले भने स्टोक सिटीमाथि ५-० को शानदार जित हांसिल गर्न सफल भयो । चेल्सीका लागि पहिलो हाफमा एन्टोनियो रुडिगर, ड्यानियल ड्रिन्कवाटर र पेड्रोले गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV