१५ पुष २०७४, शनिबार

काठमाडौं । विशेषज्ञहरुद्वारा स्तन क्यान्सरको परीक्षण गरेको छ । ओमान क्यान्सर एसोशियसन, बरखत अल–नुर क्लिनिक तथा अल–हसार फार्मेसीको सहयोगमा स्तन क्यान्सरको परीक्षण गरेको हो ।

सो शिविरमा स्तन क्यान्सर, सुगर, रक्तचाप र विएमआईको परिक्षण भएको थियो । जसमा ७५ महिला र ३० जना पुरुषको स्वास्थ्य परिक्षण भएको थियो ।

एशोसियशनका अध्यक्ष डा. वाहिद अली अल खरुसीले राजदूतको सामाजीक कार्यप्रतिको सक्रियताले गर्दा आफुबाट नेपालीलाई सेवा दिन पाएको भन्दै शिविरमा सहभागीलाई थप सेवा निशुल्क रुपमा प्रदान गर्ने पनि जनाएका छन् ।

आयोजित सो शिविरको उद्घाटन गर्दै ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमनमा कार्यरत महिला दिदीवहिनीहरुले शिविरबाट प्रत्यक्ष लाभ दिलाउन पाउनु सुखद भएको बताएकी छन् । उनले यस अभियान निरन्तर दिइने पनि बताइन् ।

यता राजदूत ढकालले जनवरी १८ देखि मस्कटमा हुन गइरहेको ‘मस्कट महोत्सव’ मा नेपालको बिशेष स्टल रहने जानकारी गराईन् । गैरआवसीय नेपाली संघका सचिव डिवी क्षेत्रीले दूतावासले सामाजीक कल्याणसम्बन्धी कार्यहरु गर्न थालेको प्रति खुसी ब्यक्त गरे ।

शिविरमा सहभागी अधिकांस घरेलु कामदारमा कार्यरत महिलाहरु रहेका छन् ।

    

प्रतिक्रिया दिनुहोस्

LIVE TV