१५ पुष २०७४, शनिबार

गुल्मी ।गुल्मीमा विगतका वर्ष झै यस वर्षको पुष पन्ध्रमा पनि टिखीचुली लेकमा मेला लागेको छ । नेपाल एकिकरणभन्दा पहिले राजाहरुको वासस्थानको रुपमा रहेको टिखीचुलीमा यस वर्ष पनि मेला लागेको हो ।

मेलालाई स्थानीय मगर र दलित समुदायले एकअर्कामा माया, सद्भाव र भातृत्वको प्रतिकको रुपमा मनाउने गरेका छन् । विगत झै स्थनीय मगर र दलित समुदायले संयुक्त रुपमै यस वर्ष पनि मेला आयोजना गरेका हुन ।

तत्कालिन समयमा शाही राजाले मगर र दलित समुदायको राज्यमा विजयी हासिल गरेपछि दुई समुदायले एक अर्काप्रतिको सम्मानका लागि यो मेला मनाउने थालेको स्थानीय बुढापाका बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV