१५ पुष २०७४, शनिबार
  • तारा आचार्य,

मोरङ । सुनसरीको चतरा स्थित सुनसरी–मोरङ सिंचाई योजनाको मुहानमा कोशी नदीको पानी प्रवेश गर्न छोडेपछि कोशी नदीमा अस्थायी बाँध बाँधेर पानी सिंचाई योजनामा पानी प्रवेशको बन्दोबस्त मिलाइएको छ ।

कोशी नदीको जलस्तर घट्दै गएकाले हिउँदयाममा सुनसरी–मोरङ सिंचाई आयोजनामा पानी अभाव हुने गरेको छ । पानीको सतहभन्दा नहरको मुहान माथी हुँदा हिउँदे वाली लगाउने कृषक मर्कामा पर्ने गरेका छन् ।

यस वर्ष पनि कोशी नदीमा जलस्तर घटेपछि सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरमा पानी अभाव देखिएको छ । नहरमा पानी अभाव भएपछि ३० लाख रुपैयाँ खर्च गरेर अस्थायी बाँध बाधिएको छ । अस्थाई बाँध बनेपछि करिब ४० क्युमेक्ससम्म पानी नहरमा पु¥याउन सकिने योजनाका इन्जिनियर रामचरित्र यादव बताउँछन् ।

वर्षायाममा कोशी नदीबाट चतरा नहरमा करिब ६० क्युमेक्ससम्म पानी आउने भएपनि हिउँदमा पानी शुन्य हुने गरेको छ ।
चतरा मुल नहरमा पर्याप्त पानी आपूर्तिका लागि कोशी नदीमा छुट्टै ब्यारेज बनाउनुको विकल्प नरहेको प्राविधिकहरु बताउँछन् ।
सुनसरी र मोरङको करिब ६८ हजार हेक्टर जमिनमा सिचाई सुविधा उपलब्ध गराउन सिंचाई आयोजना बनेको हो । तर, हिउँदमा भने सधै पानी अभाव हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV