१५ पुष २०७४, शनिबार
  • दानबहादुर बुढा,

मुग । सडक सञ्जाल जोडिएपछि धेरैको जीवनस्तर फेरिएको छ । मुगु स्थित बालैवासीको जीवनस्तर पनि राष्ट्रिय सडक सञ्जाल जोडिएपछि फेरिएको छ । पहिले वालुवाको महत्व खासै नबुझेका बालैवासी यतिखेर भने वालुवा बेचेरै राम्रो आम्दानी गरिरहेका छन् ।

मुगुको छाँयानाथ–रारा नगरपालिवासीलाई पहिले वालुवाको महत्व खासै थाहा थिएन । तर, अहिले भने वालुवा बेचेर राम्रो आम्दानी गरिरहेका छन् । राष्ट्रिय सडक सञ्जाल मुगुको सदरमुकाम गमगढी जोडिने भएपछि बालैवासी यतिखेर बालुवा व्यापारमा व्यस्त छन् ।

सडक निर्माणका लागि आवश्यक बालुवा बेचेर बालैका ३५ घर परिवार गतिखेर मासिक ५० देखी ८० हजार रुपैयाँसम्म कमाइरहेका छन् । यस क्षेत्रका वासिन्दा पहिले रोजगारीका लागि भातर जाने गर्दथे । अहिले भने गाउँमै वालुवा उत्खनन् गरिरहेको भेटिन्छन् । बालैवासीले दैनिक १५ देखि २० ट्क्टरसम्म बालुवा सडक निर्माण आयोजनालाई बिक्रि गर्ने गरेको स्थानीयवासी धनबहादुर भाम बताउँछन् ।

बालैबासीका लागि वालुवा, आम्दानीको राम्रो स्रोत भएको छ । तर, उनीहरु त्यसै, वालुवा पाउँदैनन् । स्थानीय तहलाई कर तिरे उनीहरु राम्रो आम्दानी गर्छन् । उनीहरु, रारा–छायानाथ नगरपालिकालाई मात्र होइन रारा राष्ट्रिय निकुन्जलाई पनि कर तिर्छन ।

देशका अधिकांश क्षेत्रमा नदीजन्य निर्माण सामग्री उत्खनन्मा ब्रम्हलुट चलिरहेको बेला बालैवासीले कर तिरेर उदारणीय काम गरिरहेका छन् । त्यति मात्र होइन, उनीहरु गाउँकै स्रोतसाधनको प्रयोगमा राम्रो आम्दानी पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV