१५ पुष २०७४, शनिबार

राजविरा । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बजरंग इँटा उद्योगमा कार्यरत एक भारतीय किशोरको करेन्ट लागेर आज मृत्यु भएको छ । भारतको बंगाल घर भएका भीष्म बर्माका १३ वर्षीय छोरा तुफानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार इँटाभट्टामा डेरा गरी बस्दै आएका उनलाई बत्ती बाल्न टाँगिएको तारमा छुँदा करेन्ट लागेको थियो ।

मृतक सुस्त मनस्थितिको रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV