१५ पुष २०७४, शनिबार
  • दीपक भट्ट,

रामेछाप । रामेछापमा रातो बाँदरको आतंकबाट स्थानीय आजित बनेका छन् । बादरले बाली मात्र होइन घरमा राखेका खानेकुरा समेत नष्ट गर्दिएपछि सर्वसाधारण समस्यामा परेका हुन् । रामेछापका २ नगरपालिका र ४ वटा गाउँपालिकामा बाँदरले आतंक नै सिर्जना गरेको स्थानीयको गुनासो रहेको छ ।

हजारियाँ रातो बाँदरले खेत तथा पाखो बारीमा लगाएको अन्न बाली र घरमा राखेको खानेकुरा समेत घरभित्रै पसेर बाँदरले खान थालेपछि स्थानीयहरु थप आंतकित बनेका हुन् ।

हरेक वर्ष बादरको आतंक बढेपछि रोकथामका लागि पहल गर्न स्थानीय प्रशासनमा निवेदन नदिइएको होइन तर समस्या ज्यूँका त्यूँ रहेको छ । निवेदन सँगै स्थानियहरुले विद्युतीय सामाग्री खरिद गरी प्रयोग गर्ने र बाँदर धपाउन आग्रह गरेपनि स्थानीय प्रशासनले रोकेपछि किसानहरु झनै चिन्तित वनेका छन् ।

बाँदरले खेत तथा पाखावारीमा लगाएको सबै अन्नपात खाइदिने र तरकारी लगायतका फलफुल समेत नोक्सान गरिदिने स्थानीयको गुनासो छ ।

वाँदर नियन्त्रण गर्नको लागि किसानहरुले घरघरमा कुकुर समेत पालेका छन् । तर कुकुरलाई नै उल्टै बाँदरले कुट्ने र बाँदर धपाउन जाँदा मान्छेलाई समेत कुट्ने गरेकाले किसान झनै त्रसित बनेका छन् । अहिले दैनिक बाँदर धपाउन घरै पिच्छे मानिसहरु बाँदर आएको आएन हेरेर दिन कटाउन बाध्य भएका छन् ।

वर्षेनी बाँदरको संख्या बढ्दै गएको र अघिल्ला वर्षमा नपुगेको ठाउँहरुमा समेत बाँदरले दुःख दिन थालेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV