१५ पुष २०७४, शनिबार

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको कार्य सकिएको छ । सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको छ ।

आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको ८ दशमलव ३ किलोमीटर सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार मध्यरातमा सुरुङ छेड्ने काम सम्पन्न भएको हो ।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्ता ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङमध्ये अब ग्यालथुमदेखि सिन्धु खण्डको ४ सय ५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भएपनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङमध्ये सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९ दशमलव ५ किमी सुरुङ अघिल्लो वर्ष नै सम्पन्न भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV