१५ पुष २०७४, शनिबार

पेट्रोलियम पदार्थबाट हुने आगलागी अहिले समस्या बन्दै गएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलियम पदार्थबाट हुने आगलागी नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले पछिल्लो समय पेट्रोलियम र ग्यास जस्ता सम्बेदशील पदार्थमा भइरहेको आगलागि नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनु पर्ने बताउनु भयो । वागमती पेट्रोलियम डिलर्स एशोसियशनको पाँचौ बार्षिक साधारण सभा उद्घाटन गर्दै उहाँले सचेततातर्फ ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वागमती पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष अच्युतबहादुर खड्काले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको परिणाम नै कम दिने गरेको गुनासो गर्नुभयो । उहाँले निगम, गुणस्तर तथा नाप तौल विभाग र व्यवसायीले संयुक्त रुपमा गरेको परिक्षणबाट पुष्टि भएको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा पेट्रोलिय पदार्थ सम्बन्धी उत्कृष्ट समाचार प्रशारण गरे वापत न्यूज २४ टेलिभिजनका पत्रकार संगम बानियाँ, र वागमती पेट्रोलियम डिलर्स एशोसियशनका श्यामकृष्ण श्रेष्ठ र नारदप्रसाद भण्डारीलाई नगद सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV