१५ पुष २०७४, शनिबार

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्ता हस्तान्तरण गर्न आत्तुर रहेको वताएका छन् । तमु ल्होसार पर्वका अवसरमा गुरुङ समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनमतलाई स्वीकार गर्ने बताए । उनले भने नयाँ जनादेशअनुसार सत्ता हस्तान्तरण गर्न म तयार रहेको रहेको छु ।

प्रधानमन्त्री देउवाले केही राजनीतिक दलका नेताहरुले आफूलाई सत्तामुखीको आरोप लगाएकोमा दुःख व्यक्त गर्दै विधि र प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV