१५ पुष २०७४, शनिबार

भक्तपुर । नेपाली कांगे्रसका नेता एवं पूर्वमन्त्री बलबहादुर केसीले पार्टीको सुधार अहिलेको अत्तिआवाश्कता बिषय भएको बताएका छन् । उनले पार्टी सुधारलाई नेतृत्व तहबाटै सुरु गर्नुपर्ने समेत बताइका छन् ।

शनीवार नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवस विषयक विचार गोष्ठीमा बोल्दै नेता केसीले यस्तो धारणा राखेका हुन् । उनले भने पार्टीको नेतृत्व तहले नीति र संगठनबीच समन्वय गर्न नसक्दा पार्टी कमजोर भयो ।

उनले थपे कांग्रेसलाइ बलियो बनाउने हो भने अब पार्टीको मुहान सफा गर्नु पर्छ, मुहानै फोहोर भएपछि मुहान कहाँबाट सफा हुन्छ र त्यसका लागि कांग्रेसका नेता कार्यकर्ता तयार हुनुपर्छ र यसलाई देशैभर अभियानकै रुपमा लैजानुपर्छ नत्र पार्टीको भबिष्य छैन ।’

पार्टी नेतृत्वले विधानबमोजिम काम नगरेको भन्दै उनले त्यही विधानबाट सभापति बन्ने अनि विधानबमोजिम काम नगर्नु दुःखद भएको बताए ।

नेतृत्वको भागबण्डा विवादले पार्टी हालै सम्पन्न निर्वाचनका क्रममा कमजोर देखिएको बताउँदै विगतमा कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गर्दा यो परिणाम आएको हो ।

कांग्रेसका लागि अब कार्यकर्ता जोगाउने चुनौति आएको बताउँदै उनले कांग्रेसलाई जनताले मन पराए पनि कांग्रेसको कार्यशैली र नेतालाई जनताले मन नपराएको निर्वाचन परिणामले औंल्याएको उल्लेख गरे ।

नेता केसीले कांग्रेसले वाम गठबन्धन तोड्ने र सत्तामा जाने मुर्खता गर्न नहुने बताउँदै जनादेश बमोजिम वाम गठबन्धनका लागि सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV