१५ पुष २०७४, शनिबार

काठमाडौं। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ ।  विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हराएको हो । जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाएको छ ।

साहले अन्तिम ओभरको दोश्रो बलमा कृष्ण कार्कीलाई ५ रनमा आउट गरेको हो । उनको चौथो बलमा भुवन कार्कीलाई कप्तान पारस खड्काले खाता नै खोल्न नदिई रन आउटगरेको छ । पाँचौ बलमा पुनित मिश्र पनि खाता नै नखोल्दै साहकै बलमा आउट भएपछि विराटनगरलाई जित हासिल गर्न सजिलो  भएको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV