१५ पुष २०७४, शनिबार

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने निर्णय प्रचण्डको हातमा रहेको बताएका छन् ।

‘सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन्, उनले चाहे भने कांग्रेस लगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ’ कर्णले भने ।

राजधानीको एक कार्यक्रममा राजपा नेता कर्णले वाम गठबन्धनमा अध्यक्ष र प्रधानमन्त्री को भन्ने प्रष्ट नदेखिएको बताएका थिए ।

संविधान संशोधन र झुठा मुद्दा फिर्ताको पलह सुरु भए आफूहरु सरकारमा जान तयार रहेको उनको अविब्यात्ती थियो। उनले भने, ‘मैले पहिला पनि भनेको छु कि हामीले राजनीति गरेको साधुसन्त बन्नका लागि होइन । राजनीतिको मुल कोर्स नै सरकार हो ।’

यद्यपि आफूहरुको प्राथमिकता सरकारभन्दा संविधान संशोधन र नेता तथा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पारे । सरकारले झुठा मुद्दा लगाएको भन्ने कुरा कैलालीबाट निर्वाचित रेशम चौधरीले पुष्टि गसिसकेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV