१५ पुष २०७४, शनिबार

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचन फागुनमा गर्ने कार्यसूची तय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेपछि कार्यसुची तय भएको हो । प्रमाणिकरण सँगै राजनीतिक गतिरोधको गाँठो फुक्ने अपेक्षा गरिएपनि गत मंसिरमा भएको निर्वाचन परिणाम अनुसार नयाँ सरकार गठन गर्नु पर्ने जनादेशलाई पर धकेल्ने देखिएको छ ।

नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन प्रक्रिया उल्लेख भए पनि राष्ट्रियसभा निर्वाचनको मिति निर्वाचन आयोगले नै तोक्न पाउने भन्ने ब्यवस्था छैन । यसैलाई आधार बनाएर अन्य निर्वाचनको नजीर अनुसार नै सरकारले निर्वाचनको मिति तोकिने छ । यसै कारण प्रक्रियागत आधार अघि सारेर नयाँ सरकार गठनमा ढिलाई गर्ने सरकारी नियत खुलेको देखिएको छ ।

निर्वाचन आयोगले सरकारको दुर्नियतपूर्ण कार्यमा साथ दिंदै अध्यादेश जारी हुनु एक दिन अघि नै ढिलाईको प्रक्रियामा साथ दिन थालिसकेको छ । पुस १३ गते एक सूचना जारी गर्दै निर्वाचन आयोगले राष्ट्रियसभाका लागि दल दर्ता गर्न १५ दिने समय दिएर आह्वान गरेको थियो । १५ दिनको यो समय कुनै कानुनी र संवैधानिक वाध्यता नभएर पुरानो प्रचलन पछ्याएको आयोगले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV