१५ पुष २०७४, शनिबार

मृत्युको बाटो भनेर पनि चिनिने यो ठाउँमा मानिसहरु मृत्युसँग खेल्न जान्छन् । यहाँ एउटा सानो गल्तीले सिधै मृत्युको मुखमा पूराउँदछ । उक्त बाटोमा मान्छेहरु पैठेजोरी खेल्न पुग्दछन् ।

पहाडको खोँचभन्दा हजारौँ फिट माथिको त्यो त्रासदीपूर्ण बाटो चीनमा रहेको छ । नाक ठोक्किने ठाडो चट्टानी पहाडमा काठ तथा फलामका स साना पाता तथा डण्डीहरु जोडेर मान्छे हिड्ने बाटो बनाइएको छ ।

चीनको हुसान पर्वत श्रृंखला अन्तरगतका पाँचवटा पर्वत मध्ये सबैभन्दा अग्लो चुचुरोमा यो त्रासद मार्ग रहेको छ । निकै डरलाग्दो हुनुका बाजबुत यो बाटो साहसिक पर्यटनका लागि निकै आकर्षक गन्तव्य बनिरहेको छ ।

यो बाटो ७ हजार ८७ फिट उचाईमा रहेको छ । जानकारहरुका अनुसार परापूर्व कालमा यस पर्वतमा धेरै ताओ धर्माबलम्बीका मन्दिर रहेका थिए । त्यसैले सन्यासी तथा पुजारीहरुले आफ्नो सुविधाका लागि सिँढीहरु बनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV