१५ पुष २०७४, शनिबार

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । खेल कीर्तिपुरमा शनिबार बिहान ११ बजेपछि सुरु हुनेछ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नै कप्तान रहेको विराटनगर प्रतियोगितामा अहिलेसम्म अपराजित टोली हो ।

क्वालिफायरमा पराजित भए पनि भैरहवाले इलिमिनेटरमा ललितपुरलाई हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV