१४ पुष २०७४, शुक्रबार

काठमाडौं । दक्षिणकाली नगरपालिकालाई खुल्ला दिशामुक्त नगर घोषणा गरिएको छ ।

दक्षिकाली नगरपालिका मेयर मोहन बस्नेतले खुल्ला दिशामुक्त नगर घोषणा गर्दै यो पूर्ण सरसफाईको अवस्था भएपनि सबै नगरवासी आफ्नो स्वास्थ्यप्रति सचेत र सजग रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

फर्पिङको बसपार्क चौरमा आयोजित विशेष कार्यक्रममलाई सम्बोधन गर्दै मेयर बस्नेतले भन्नुभयो– “धनसम्पत्ति भन्दा स्वास्थ्य ठूलो कुरा भएकाले नगरवासीहरुले आफ्नो स्वास्थ्यमा सधै चनाखो हुनुपर्छ ।”

कार्यक्रममा नगरलाई खुल्ला दिशामुक्त बनाउन सहयोग गर्ने विद्यालय, विभिन्न समाजिक संघसंस्था, वडा नागरिक मन्च, समाजसेवी, स्वास्थ्य स्वयम सेविका लगायतलाई सम्मान गरिएको थियो । सबैको प्रयासले नगर खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको भन्दै मेयर बस्नेतले यसको व्यवहारिक कार्यान्वयनका लागि नगरवासीको सधैं सहयोग चाहिने स्पष्ट पार्नुभयो ।

त्यस्तै उपमेयर बसन्ती डंगोल तामाङले शौचालय अनिवार्य प्रयोग गर्न आब्हान गर्दै खुल्ला दिशामुक्त नगर घोषणा कार्यक्रममा त्यसको आचार संहिता र प्रतिवद्धता जाहेर गराउनु भएको थियो । दक्षिणकालीका नगरपालिकाका ९ ओटा नै वडाहरुको सहभागी भएको कार्यक्रममले बोलीमा मात्रै नभई व्यवहारमै खुल्ला दिशामुक्त नगर बनाएरै छाड्ने प्रतिवद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV