१४ पुष २०७४, शुक्रबार

काठमाडौं । मेरो देशको धर्ति नामक स्वदेशगान भर्खरमात्र बजारमा ल्याएका लेखक इन्द्रनारायण चोङवाङले बिस्तारै स्वदेशगानहरु ओझेलमा परेको महसुस हुदा निक्कै नै दुःखीत बनेको बताएका छन ।

रोजगारीको शिलशिलामा आफू बिदेशीनु परेको र बिदेशमा बस्दा नेपाली माटो र नेपाली आमालाई धेरै नै संझना हुने गरेको भन्दै आत्मसन्तुष्टिका लागि एउटा स्वदेशगान भर्खरमात्र बजारमा ल्याएको भएपनि अपेक्षित सफलता हात नपरेपछि केही चित्त दुखेको बताए ।

नेपाली मिडियाहरुमा स्वदेशगानहरुले स्थान नपाउनु र स–साना सामान्य छायांकनवाट आएका मनोरञ्ननात्मक गितहरुले भने प्रशस्तमात्रामा स्थान पाएको देख्दा स्वदेशगानहरु लेख्न समेत जागर नपलाएको लेखक चोङवाङले बताए ।

इन्द्रनारायण चोङबाङले आफनै लगानीमा गायक राजेश पायल राईको स्वर, डीआर अटु र राजु कार्कीको सङ्गीत संयोजनमा डिसेम्वर ४ मा स्वदेशगान बजारमा ल्याएका थिए । बुढा सुव्वा प्रालीको युट्युव च्यानलमार्फत सोसल मिडियामा बजारमा ल्याइएको स्वदेशगान एक महिनासम्म भण्डै १५ हजारले मात्र हेर्नु त्यति सफल भने होइन ।

जीवन शाहीको निर्देशनमा तयार भएको स्वदेशगानमा कुनै न कुनै भूमिकाले समाजमा प्रभाव पारेका नयाँ पात्रहरुलाई अभिनय कलामा प्रवेश गराइएको छ ।

वरिष्ठ कलाकारको तर्फवाट मोहन निरौला र उत्तम केसीले अभिनय गरेका छन भने पत्रकारहरु गणेश खनिया र कृष्ण भुषाललाई समेटिएको छ ।

त्यसैगरी सुशान्त कार्की, जीवन शाही, अनु पराजुली, लक्ष्मी बस्नेत, कर्मा शेर्पा, शोभा भण्डारी, इन्द्रनारायण चोङबाङ, कविता मादेन, प्रविण घिमिरे लगायतका कलाकारहरुले अभिनय गरेका छन । शोभा भण्डारीको कोरियोग्राफी गर्ने प्रयास गरेको भिडियोको सम्पदात अर्जुन पोखरेलले गरेका हुन ।

रोजगारीको क्रममा मकाउ बस्दै आएका इन्द्रनारायण चोङवाङले देशको ब्यथालाई समेटेर यसअघि पनि बिभिन्न कृतिहरु बजारमा ल्याइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV