१४ पुष २०७४, शुक्रबार

काठमाडौं । चर्चित बैंकर अनिलकेशरी शाह नबिल बैंकमै फर्कने भएका छन् । नबिल बैंक संचालक समितिको बिहीबारको बैठकले शाहलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । शाह ८ वर्षपछि नबिल बैंकमै फर्किने भएका हुन् ।

मेगा बैंक नेपाल लिमिटेडको स्थापनाकालदेखि सिइओ रहेका शाह दुई कार्यकाल भन्दा बढी एउटै बैंकको सिइओ बन्न नपाउने राष्ट्र बैंकको नियमपछि मेगा छाड्न बाध्य भएका हुन् । ८ बर्षसम्म सिइओ रहेका शाहले यो अबधिमा मेगा बैंकलाई बार्षिक ८० करोड भन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका छन् ।

मेगा छाड्नु पर्ने भएपनि शाहलाई सेञ्चुरी बैंकले सिइओ अफर गरेको थियो । जनवरी १ तारिखबाट सेञ्चुरीमा जाने सम्झौता पनि भइसकेको थियो । तर, सेञ्चुरी बैंकले मासिक रूपमा दिने भनेको तलबमा नेपाल राष्ट्र बैंकले असहमति जनाएपछि उनी सेञ्चुरीमा नगएका हुन् ।

यसअघि झण्डै १० बर्ष नबिल बैंकको सिइओ बनेका शाहले नबिललाई नेपालकै नम्बर १ बैंक बनाउन सफल भएका थिए । साँढे २ दशक अघि तत्कालिन ग्रिनलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टड बैंक)बाट करिअर थालेका शाह नेपाल बैंकर्स एशोशियसनका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV