१४ पुष २०७४, शुक्रबार
  • देवराज पन्त,

मकवानपुर । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारण सभा तथा अधिवेशन यही पुष १५ देखि १७ गते सम्म हेटौंडामा हुने भएको छ । अधिवेशनले संघको आगामी कार्याकालका लागि नयाँ नेतृत्वको समेत चयन गर्ने छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता रहने अधिवेशनमा देशका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहने संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भएको छ ।

करीब २ हजार ६ सय सदस्य संख्या रहेको नेपालको क वर्गको सो बाणिज्य संघमा १७ औ अध्यक्षको रुपमा बर्तमान बरिष्ठ उपाध्यक्ष कृष्णबहादुर कटुवाल तथा बर्तमान महासचिव महेन्द्र राउत चुनावी प्रतिष्पर्धामा देखिनु भएको छ । अध्यक्षका द्बै उम्मेदवारले आफ्ना योजना सहित अहिले जिल्लाका व्यावसायिक प्रतिष्ठानहरुमा घरदैलो गरिरहनु भएको छ ।

औद्योगिक जिल्लाको रुपमा परिचित मकवानपुरमा व्यावसायिक हित तथा निजी क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले विक्रम सम्बत २०२३ सालमा सो उद्योग वाणिज्य संघ स्थापना भएको थियो ।

प्रत्येक तीन बर्षमा हुने निर्वाचनलाई केन्द्र देखि जिल्ला तह सम्मले निक्कै चासोका साथ हेरिरहेका छन् । नेपालमा विभिन्न स्थानहरुमा हाल भईरहेको मेला महोत्सवको शुरुवात पहिलो पटक २०४२ सालमा मकवानपुर उद्योग वाणिज्य संघले नै शुरु गरेको जानकारहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV