१४ पुष २०७४, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न सरकारसंग आग्रह गरेको छ । आयोगले प्रदेश सभा सदस्यको समानुपातिकतर्फको दलहरुको सिट संख्याको प्रतिवेदन बुझाउन प्रदेश प्रमुखको आवश्यकता रहेकाले तत्काल प्रदेश प्रमुख नियुक्ति गर्न आग्रह गरेको हो ।


शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग आयोगका आयुक्तहरुसँग भएको छलफलमा प्रदेश प्रमुख र राष्ट्रिय सभा सदस्यको निर्वाचनको आवश्यकता आयोगले औल्याएको थियो ।

राष्ट्रपतिले राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश जारी गरेको अवस्थामा प्रदेश संसद समेत राष्ट्रिय सभाको मतदाता भएकाले प्रदेश प्रमुखको नियुक्ति गर्दै संसदलाई सपथ ग्रहण गर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको बैठकपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो ।

संविधानले प्रदेश संसदलाई प्रदेश प्रमुखको सपथ ग्रहण गराउने व्यवस्था गरेको छ । निर्वाचन अघि नै नियुक्ति गर्नु पर्ने व्यवस्था भएपनि राजनैतिक दलमा रहेको विवादका कारण प्रदेश प्रमुको नियुक्ति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV