१४ पुष २०७४, शुक्रबार
  • कविन्द्र शेर्मा,

पाँचथर । मोरङ ११ पाँचथर सदरमुकाम फिदिममा जारी नवौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
विर्ता युनाइटेड झापालाई सडेन डेथमा ५ को विरुद्ध ६ गोलले हराउँदै मोरङ ११ ले फाइनल यात्रा तय गरेको हो । निर्धारित समयको पहिलो हाप्mको २५ औं मिनेटमा बिर्ता युनाइटेड झापाका कर्ण लिम्बुले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि मोरङ ११ अशोक खबासले दोस्रो हाफ्को ३५ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । पेनान्टीमा धकेलिएको उक्त खेल पछि सडेन डेथमा पुगेको थियो । शुक्रबारको खेलमा मोरङ ११ का अशोक खबास म्यान अप्m द म्याच घोषित भए । उनलाई दश हजार रुपैंयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुष १६ गते मोरङ ११ र सुनसरी ११ बीच फाइनल खेल हुने आयोजकले जनाएका छन् । शुक्रबार नै फुटबल खेलमा योगदान पु¥याएका राष्ट्रिय खेलाडी गणेश लावती सम्मान गरिएको थियो ।

पाँचथरमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा उष्कृट खेल प्रदर्शन गर्न सफल भएकोमा लावतीलाई एकथान मोटरबाईक सहित सम्मान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV