१४ पुष २०७४, शुक्रबार

नेपाली काग्रेसले राष्ट्रियसभा गठन सम्वन्धि अध्यादेश जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रियसभाको गठन र प्रतिनिधिसभाले पूर्णता नपाएसम्म सरकारको नेतृत्व नछोड्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रवार वसेको काग्रेस केन्द्रीय कार्य सम्पादन समितिको वैठकले प्रदेशसभामा कागे्रसवाट प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको नामावलीलाई पूर्णता दिदै निर्वाचन आयोगलाई बुझाएको छ ।

वैठकले राष्ट्रियसभा गठन सम्वन्धि अध्यादेश जारी गरेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रियसभाको गठन र प्रतिनिधिसभाले पुर्णता नपाएसम्म सरकारको नेतृत्व नछोड्ने निर्णय गरेको काँग्रेस केन्द्रीय सदस्य वालकृष्ण खाँणले जानकारी दिनुभयो ।

वैठकमा निर्वाचनमा पराजय भोग्नु परेपनि मतदाता प्रतिशत भने वढेकाले आगामी दिनमा पार्टीलाई सशक्तरुपमा अगाडि वडाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV