१४ पुष २०७४, शुक्रबार

स्पृहा श्रेष्ठ

अहोरात्र खटिनु पर्ने प्रहरीको कार्य पेशा भन्दा बढी सेवासंग पनि गाँसिने गरेको छ । सहज हुँदैन प्रहरीको जिम्मेवारी । तर यही कठोरतातर्फ पनि महिलाहरुको आकर्षण बढ्दो छ ।

हुनत नेपाली समाजमा महिलाको स्थान अझै पनि सम्मानजनक नहुँदा पुरुषवादी सोंच जहाँ पनि हावी छ । घरको जिम्मेवारी एकातिर त्यसमाथि प्रहरीको जिम्मेवारी अर्कोतिर । तर यही प्रहरी सेवामा पनि महिलाहरुको उपस्थिति र आकर्षण झनै बाक्लिदो छ ।

धेरै पेचिलो समस्याबीच पनि लक्ष्मी गिरीले देशको लागि केहि गर्ने अठोटका साथ आत्मनिर्भर हुने चाहनालाइ प्राथमिकता दिदै प्रहरी सेवामा उभिन पुग्नु भयो । यद्धपि महिलालाई हेर्ने समाजको दृष्टिमा खासै अन्तर नआएपनि उहाँले यही चुनौतीलाई आत्मसाथ गर्नुभयो ।
बिगतका समयमा प्रहरी पेशामा एउटा महिला प्रहरीले भोग्नु पर्ने सामाजिक समस्याहरु मध्ये पुरुष अधिकारीहरुद्वारा भेदभाव समस्याको सूचीमा माथि थियो । तर अहिले प्रहरी पेशामा महिला उत्तिकै सक्षम छन् भन्ने उनीहरुले नै प्रमाणित गरेर देखाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज न्यौपाने बताउनुु हुन्छ ।

प्रहरी पेशामा महिला आउटराईडर हुनु पनि चानचुने गौरवको विषय होइन । पुरुष समान नै अब्बल भएकै कारण आफुहरु एस्कर्टिङ्ग टिममा प्रभावकारी भूमिका निभाउन सफल भएको महिला आउट राइडर्सको भनाई छ ।

प्रहरी तथ्यांक अनुसार प्रहरी पदमा आइ.जी.पी १ जना, ए.आइ.जी.पी १२ जना, डी.आइ.जी ३४ जना , एस.एस.पी ७६ जना, एस.पी १५७ जना ,डी. एस.पी ४१८ जना इन्स्पेक्टर १३५४ जना , कन्स्टेबल ४२ हजार २ सय ८५ जना रहेका छन् । तर विभेद यहाँ पनि देखिन्छ ।

यो बाक्लो उपस्थिति भित्र महिलाको उपस्थिति र पहुँच भने न्यून छ । डीआइजीमा जम्मा २ जना महिला छन् भने एसएसपी पदमा १ जना,एसपीमा ९ जना, डी,एस.पीमा १२ जना ,इन्स्पेक्टरमा ८९ , सब इन्स्पेक्टरमा २ सय ६५ जना, अ.स.इमा ४ सय ९ जना,हेड कन्स्टेबल ५ सय ४७ जना, कन्स्टेबल ३ हजार ८ सय ४७ जना र प्र. का.शमा २ सय ९२ जना रहेका छन् ।

निकै ठूलो आपराधिक घटनामा पनि नेपालका महिला प्रहरीहरुले महत्वपूर्ण भूमिका निभाएका छन नै र पाएको जिम्मेवारीलाई कुशल व्यवस्थापन गरेर देखाएकै छन् । तर प्रहरीको उच्च पदमा भने महिलाको उपस्थित दयालाग्दो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV