१४ पुष २०७४, शुक्रबार

फिल्म शत्रु गतेको पहिलो गीत रुपै मोहनी सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्र छायाँकन गरिएको गीतलाई नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो ।

चैत्र ९ गतेबाट रिलिज हुने चलचित्र ‘शत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीत छायांकनदेखि नै चर्चामा थियो । अंग्रेजी नयाँ बर्षको अवसर पारेर गीत सार्वजनिक गरिएको निर्माणपक्षले बताएको छ । लोकराज अधिकारीको शब्द, टंक वुढाथोकीको संगीत, मिना निरौला र टंककै स्वर रहेको गीत लोकलयमा तयार पारिएको छ ।

यस गीतमा तीन पुस्तालाई देखाइएको छ । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको नृत्यका कारण पनि यो गीत सार्वजनिक अगावै चर्चामा थियो ।

कलाकार किरण केसीको निर्माण रहेको चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV