१४ पुष २०७४, शुक्रबार

काठमाडौं । काल्र्सवर्ग वियरको लक्की ड्र मार्फत चार जना छानिएका छन् । कम्पनीले विजेताहरुलाई आगामी फेब्रुअरीमा विदेश भ्रमण लैजाने भएको छ ।

लक्की ड्र मार्फत चारजना उपभोक्ताहरु विजेता भएका छन् । लिभरपुलसँगको सहकार्यमा काल्र्सवर्गले यसै बर्षदेखि नेपालमा रहेका होटलहरुमा वियर पिउने उपभोक्ताबीच कुपन भराएको थियो ।

उपभोक्ताले काल्र्सवर्ग वियर पिए वापत लक्की ड्र मार्फत विदेश भ्रमणमा लैजान लागेको हो । कम्पनीले गरेको लक्की ड्र मार्फत विजेता बन्नेमा काठमाडौं बुढानिलकण्ठ बस्दै आएनुभएका सागर महर्जन, कलंकीका लोचन घिमिरे, ठमेलका सुकराम कंडेल र रिफ रेष्टुरेन्ट रहेका छन ।

उनिहरुलाई आगामी फेब्रुअरी ४ मा इंग्ल्याण्डको लिभरपुलमा हुने फुटवल प्रतियोगितामा दर्शककोरुपमा उपस्थित गराइने छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV