१४ पुष २०७४, शुक्रबार

गणेश
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रमुखको चौतर्फी दवाव र कपटपूर्ण शैलीका कारण अध्यादेश जारी भएको बताउनुभएको छ ।

शुक्रबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको शहीद हरि नेपाल र चन्दक पुरीको ३८औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारले बिभिन्न षडयन्त्र गरेको र राष्ट्रपतिले चौतर्र्फी दवावका कारण अध्यादेश जारी गर्नु परेको बताउनुभएको हो । सरकारले आफनो खुसी अनुकुलको कार्यमा सहयोग नुहने बित्तिकै षडयन्त्रपूर्ण, अलोकतान्त्रिक र अनावश्यक दवावका कारण राष्ट्रपतिले अध्यादेश जारी गरेको हुन सक्ने आफनो बुझाई रहेको बताउनुभयो ।

ओलीले कांग्रेसले निर्वाचनमा हारेको भएपनि सरकार छोडन नमानेको र आलटाल गरिरहेको आरोप समेत लगाउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV