१४ पुष २०७४, शुक्रबार

अमेरिकी राष्ट्रपति पत्नी एवं प्रथम महिला मेलानिया ट्रम्पले हालै खिचेको एक सेल्फीले सामाजिक सञ्जालमा स्थान पाएको छ।

क्रिसमसको अवसरमा मेलानिया ट्रम्पले क्रिस्मस ह्याट लगाएर खिचेको सेल्फी सामाजिक संजालमा पोस्ट गरे लगत्तै त्यसप्रति सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रियाले स्थान पाएको छ ।

उक्त तस्वीरलाई लिएर अमेरकी सामाजिक सञ्जालमा व्यापक बहस चलेको छ। कतिपय समर्थकले उनलाई राम्रो मान्छेको राम्रो तस्वीर भन्दै प्रशंसा गरेका छन् भने कतिपय आलोचकहरूले मेलानियाले आफूलाई मोडलका रूपमा प्रस्तुत गर्न खोजेको र पद तथा प्रथम महिला पदको धज्जी उडाएको जस्ता प्रतिकिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV