१४ पुष २०७४, शुक्रबार

आज हामी तपाईंलाई आलु र सुजीलाई एकैचोटि मुछेर पुरी बनाउन सिकाउँछौं ।

सामग्री
– तीनवटा उमालेको आलु
– एक कप सुजी
– एक चिम्टी हींग
– एक सानो चम्चा ज्वानो
– एक सानो चम्चा बेसार
– आधी चम्चा रातो खुर्सानीको धूलो
– एक ठूलो चम्चा मेथी
– एक सानो चम्चा चाट मसला
– एक सानो चम्चा धनियाँको धूलो
– दुई ठूलो चम्चा घिउ, तेल

विधि
सबभन्दा पहिले एउटा भाँडोमा तीनवटा आलुलाई मिच्नुस् ।

अब आलुमा हींग, ज्वानो, खुर्सानीको धूलो, मेथी, चाट मसला, धनियाँको धूलो, घिउ, नून र सुजी हालेर मज्जाले मुछ्नुस् । पानी पटक्कै प्रयोग नगर्नुस् ।

अब मुछेको डल्लोबाट सानो सानो टुक्रा निकालेर बेल्नुस् । हत्केला चिप्लो बनाउनुस् ।

मधुरो आगोमा एक प्यान राख्नुस् र तेल तताउनुस् ।

तेल तातेपछि एक एक गरी पुरी हालेर सुनौलो हुन्जेल तार्नुस् ।

आलु सुजी पुरी तयार भयो । अब अचारसँग यो खानुस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV