१४ पुष २०७४, शुक्रबार

काठमाण्डौ, पुस १४। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ ।

नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेर भेटबार्ता गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV