१४ पुष २०७४, शुक्रबार

सर्लाही । तराईका धेरै गाँउका गरीव परिवारसँग हरेक कामको लागि साउको भर पर्नुको विकल्प छैन । यहि गरीबीको फाइदा उठाउँदै चर्को व्याज अशुली रहेका हुन्छन् साउ महाजनहरुले । यसका ज्वलन्त उदाहरण सर्लाहीबाट सार्वजनिक भएको छ ।

सर्लाहीका श्यामकृष्ण साहले ७ गाँउका करीब ३ सय परिवारलाई जाली तमसुकको भरमा यतिबेला ऋण आतकंनै मच्चाएका छन् । सर्लाहीका मलङगवा, लालबन्दी, पोखरीया, असलमा , बयलवास , हरिपुर ,नवलपुर करीब ३ सय परिवारलाई व्यापार व्यवसाय सञ्चालन तथा वैदेशीक रोजगारीका लागि दिएको ऋण भन्दा लाखाँै रुपयौँ बढाएर तमसुक बनाउने र त्यही जाली तमसुकको आधारमा अदालतमा मुद्वा हाले पछि स्थानीयहरु न्याय खोज्दै राजधानी आएका छन् । ५० हजार देखि २ लाखसम्म ऋण लिएका उनिहरुलाई अहिले सर्लाही जिल्ला अदालतबाट लाखाँै रुपयौँ तिर्नुपर्ने भन्दै पक्राउ पुर्जी जारी भएको छ । आँफुहरुले तिरिसकेको ऋणको भरपाई नै नगरी बन्दुकको भरमा जाली तमसुकमा औँठा छाप लगाएर फसाएको पीडितहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV