१४ पुष २०७४, शुक्रबार

दोलखा । ४ महिनादेखि ठेकेदारले काम छाडेपछि राजधानीबाट मध्यपूर्वी पहाड जोड्ने लामोसाँघु–जिरी सडक विस्तार आयोजना अलपत्र परेको छ।

सरकारले एक्जिम बैंकको सहयोगमा अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचौरबाट शुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोट सम्मको ५५ किलोमिटर खण्ड विस्तार गरिरहेको छ। नागरिक दैनिकमा खबर छ ।

दुई प्याकेजमा भइरहेको सडक विस्तारको पहिलो खण्डको जिम्मा पाएको ठेकेदार कम्पनीले तीन महिना यता काम छाडेका कारण अलपत्र परेको हो । खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर रहेको पहिलो खण्डको जिम्मा पाएको ठेकेदार कम्पनीले भदौ देखि नै काम रोकेको हो । ३९ करोडको लागतमा बन्न लागेको यो खण्ड भारतीय कम्पनी सिमाञ्चल, र नेपाली कम्पनीहरू गौरी पार्वती र सुनौला खिम्तीले संयुक्त उपक्रममा ठेक्का लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV