१४ पुष २०७४, शुक्रबार

सप्तरी। वर्षौैंदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थल एक वर्ष भित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइए पनि ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गर्न नसक्दा निर्माणमा ढिलाइ भएको छ । एक वर्ष भित्र नै निर्माण सम्पन्न हुनुपर्नेमा समय सीमा नाघिसक्दा पनि काम सम्पन्न हुन नसकेको हो । आजको गोरखापत्रमा खबर छ ।

राजविराज विमानस्थलको कच्ची धावनमार्गका कारण विगत नौ वर्षदेखि यहाँ हवाई सेवा सञ्चालन हुन सकेको छैन । ३० करोड ३० लाख ७४ हजार ५२८ रुपियाँ  (भ्याट सहित)को लागतमा सुरु गरिएको धावनमार्ग ग्राभेल र पिचिङ गर्ने कामको राजधानीका कान्छाराम एण्ड रौहतास कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ । २०७३ मङ्सिर ८ गतेदेखि सुरु भएको काम २०७४ मङ्सिर मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने म्याद रहे पनि वर्ष दिन पार गरिसक्दा पनि पिचिङको काम अझ सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV