१४ पुष २०७४, शुक्रबार

लमजुङ । आर्थिक परिवर्तन ल्याउनका लगि मओवादी केन्द्रका जिल्लास्तर मेखबहादुर भण्डारी केरा खेती थालेका छन् ।

उनले धान लगाउँदै आएको घर नजिकैको ७ रोपनी जग्गामा केरा खेती गरेको हुन। २०७२ सालबाट राईनास नगरपालिका–५, तीनपिप्लेमा व्यवसायिक केरा खेती सुरु गरेको हो ।  उनले भने ‘अब मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने आवश्यकता छ, त्यही अनुसार म पनि यसै व्यवसायमा लागि परेको छु ।’ राजनीतिसँगै कृषि व्यवसायलाई अघि बढाउँदा आत्मसन्तुष्टि मिलेको छ ।’

सीप, क्षमता, आँट, जाँगर भए कृषि पेशाबाट स्वदेशमै कमाउन सकिने भण्डारी दम्पत्तिको भनाई छ । केरा खेतीबाट वार्षीक २ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । उत्पादित केरा स्थानीय बजारमै खपत हुन्छ । बजारको समस्या छैन । केरा लिन व्यापारीहरु केरा बगैँचामा आउँछन् । ।

LIVE TV