१४ पुष २०७४, शुक्रबार

नयाँ दिल्ली। पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो राज्यको नासिक जिल्लाको सिम्ली गाउँमा मलेयाआन सताना सडकमा एक अटोरिक्सालाई ट्रकले ठक्कर दिएको थियो । उक्त रिक्सामा रहेका यात्रुको मृत्यु भएको बताइएको छ ।

अटोरिक्सामा रहेका सबैजना अर्थात चालकसहित सात व्यक्तिको मृत्यु भएको प्रहरी समाचारमा जनाइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार उच्च गतिमा रहेको ट्रकले क्षमता भन्दाबढी सङ्ख्यामा रहेको अटोरिक्सालाई ठक्कर दिएपछि चालकले नियन्त्रण गुमाएका थिए ।

LIVE TV