१३ पुष २०७४, बिहीबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार साँझ नेपालगन्ज आइपुगेका छन् । नेपालगन्जमा निर्मित सोल्टी होटलको नेपालगन्ज शाखाको उद्घाटनका लागि पूर्वराजा शाह पत्नी कोमल र बुहारी हिमानी पनि छन् ।

पूर्वराजा शाहलाई नेपालगन्ज विमानस्थलमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा धवल शम्शेर राणा तथा उपप्रमुख उमा थापा मगरले स्वागत गरेका थिए।

नेपालगन्ज विमानस्थल बाहिर सयौं समर्थकले पूर्वराजाको स्वागत गरेका थिए । केही समर्थकले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ’राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाएका थिए।

पूर्वराजाको समेत लगानी रहेको चारतारे सोल्टी होटल करिब ८० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । होटलमा ७० वटा कोठा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV