१३ पुष २०७४, बिहीबार

काठमाडौं । काठमाडौंको पिंगलास्थानमा रक्सी खाएर एक अर्कामा झगडा हुँदा आदित्य गुरुङको ज्यान गएको छ ।

पिङ्गलास्थानको होटल आमादब्लममा रक्सी खाएर कुटाकुट हुँदा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको मृत्यु भएको हो ।

गएराति १२ बजेतिर झगडा हुँदा होटलका कर्मचारी डोनी शेर्पाले चक्कुले हानेर गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने शेर्पालाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

LIVE TV