१३ पुष २०७४, बिहीबार

कञ्चनपुर । भारतमा मजदुरी गरेर घर फर्किन्दै गर्दा कन्चनपुर र भारतीय सिमावर्ती बजार वनवासामा दुई नेपाली लुटिएका छन् ।

लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी रहेका रहेका छन् । दुवै जना भारतको नयाँ दिल्लीमा तीन महिना मजदुरी गरी घर फर्कदै गर्दा भारतीय सीमावर्ती बजार वनवासास्थित आम बगैँचा नजिक लुटिएका हुन् ।

‘अपरिचित मोटरसाइकलमा आएका चार जनाले चक्कु देखाए’, पीडित ऐरले भन्नुभयो, ‘दुवै जनासँग रहेको मोबाइल, ज्याकेट, झोला र मजदुरी गरेर कमाएको नगद २० हजार भारतीय रुपैयाँ लुटेर लगेका छन् ।’

बालबालिका र घर परिवारका लागि ल्याएको कपडासमेत लुटेराले लुटेर लगेको पिँडितले बताएका छन् । लुटपाटपछि बेखर्ची भएका दुवै जना ३५ किलोमिटरको यात्रा पैदल नै गर्दै घर पुगेका छन् ।

LIVE TV